सम्पादकीय कञ्चनपुर १५ श्रावण । कञ्चनरुप नगरपालिका–८ बेरियर स्थित स्वागतद्धार निमार्णबाट बचेको र कम कहाँ खर्च गर्ने विषयले चर्चा पाएको छ । ...
सम्पादकीय
कञ्चनपुर १५ श्रावण ।
कञ्चनरुप नगरपालिका–८ बेरियर स्थित स्वागतद्धार निमार्णबाट बचेको र कम कहाँ खर्च गर्ने विषयले चर्चा पाएको छ । खासमा उपभोक्ता समितिका कोषाध्यक्ष समेतको घर पर्ने पासवान टोलमा दुई टिूपर ग्राभेल झारिएपछि सांसद चौधरीको अस्भाविक प्रतिक्रियाले चर्चा पाएको हो । सांसद मानपुर चौधरीको विशेष कोषबाट १५ लाख र संसदीय विकास कोषबाट १४ लाख गरी २९ लाख रकम मध्ये स्वागत द्धार निमार्णपछि बचेको पैसा सांसद चौधरीले आपूm अनुकुल खर्च गर्न जिल्ला समन्वय समितिमा निवेदन दियो तर त्यो अस्वीकर भयो । तर उपभोक्ता समिति आफ्नो अनुकुल भएकोले सांसद चौधरीले भनेकै ठाउमा काम गर्न तयार पनि भयो । काम भइरहेको पनि छ । तर उपभोक्ता समितिले उक्त कार्यको घोर विरोध हुने पूर्वाअनुमान र लाज छोप्न तीन टिूपर ग्राभेल सरदार टोलमा र ६ टिूपर पासवान टोलमा पनि झार्ने तयारी ग¥यो । र,सोही अनुसार एक टिूपर सरदार टोलमा र २ टिूपर पासवान टोलमा खसायो पनि । तर सांसद चौधरीले उक्त कुरा थाह पाएपछि निमार्णमा संलग्न हर्ताकर्तासंग गम्भिर आपत्ति प्रकट गरेको कुरा बाहिर आयो । पासवान टोलमा किन ग्राभेल खसाइयो ? भन्दै सांसद चौधरीले विरोध गरेपछि स्वयम पासवान टोलका माओवादी नेता तथा कार्यकर्ताको सिर झुकेको छ । कुनै एक जना पासवानले सांसद चौधरीले गर्ने गलत कार्यको विरोध गर ेकै कारण सिङ्गो समुदायप्रति पूर्वाग्रह राख्नु एउटा जिम्मेबार राजनीतिक दलको नेताको चरित्र यस्तो हुन सक्छ ? के यो सही हो ? कि अफवाह मात्रै ? के पार्टी भित्रको जिम्मेबार नेताको यस्तो रवैयाको विरोध गर्न हैसित नभएको नेताहरु पासवान टोलमा भोट माग्न आट गर्ला ? के माओवादी पार्टी लागेका पासवानहरु सांसद चौधरीको पुच्छर वा लठैत मात्र हुन् ? प्रश्नहरु थुप्रै छ । सांसद चौधरी समान्य परिवारबाट कम्युनिष्ट विचारधाराको राजनीतिक गर्दै आज सांसदसम्म हुनु भयो । मन्त्री पनि बन्न सक्छ । तर के आफ्नै टोलका पासवान वा अन्य कुनै पनि निम्न वर्गका व्यक्तिले आपूmले चाहे जस्तै गरेन वा टेरेन भनेर दुश्मी गर्न मिल्छ कि मिल्दैन ? सांसद चौधरीले आŠनै छिमेकीहरुले कसरी हेर्छ ? चार वर्ष वित्न लाग्दा कति बजेट गाउँका ती गरिब दलित बस्तीका लागि कति बजेट संसदीय कोषबाट दियो त्यसको लेखाजोखा हुनु पर्छ कि पर्दैन ? चुनावमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने रविन पासवान,प्रमानन्द पासवान,प्रदीप पासवान,सुरेश पासवान,सियाराम पासवान लगायत दर्जनौ पासवान यूवाहरुका लागि आजसम्म के ग¥यो ? किन ती यूवाहरुले स्वागतद्धार निमार्णको नेतृत् वगर्न पाएनन् ? सांसद चौधरीसंग त्यसको हिसाब किताब माग्नु पर्छ कि पर्दैन ? तीनका कार्यकर्ताहरुले । यी यावत कुरा सांसद चौधरीलाई दुःख होला तर यर्थात यही हो । अब फेरी चुनाव मुखमा आएपछि पासवान टोलमा आफ्ना दूत पठाएर एक मुष्ठ भोट दिए सलहेशको मन्दिर बनाईदिने खोक्रो अश्वासन दिएर फेरी पनि भोटको राजनीति गर्न तम्तयार भएको बुझिएको छ । के गाउँमा भोटको राजनीति मात्रै सबै थोक हो ? समाजिक कुनै सम्बन्ध छैन ? सांसद चौधरी कम्युनिष्ट विचारको भएपनि उहाँ सोच खासगरी पासवान समुदायसंगको व्यवहार राम्रो देखिएन । अझै पनि उहाँले सबै पासवानहरु मैले भनेको सबै कुरामा ‘हो मा हो’ भन्दै अघिपछि गर्नु पर्ने रुढीवादी सोच पालेर बस्नु भएको छ जुन सम्भव छैन,यो कुरा समयमै बुझेको राम्रो । रह्यो कुरा विकासको । विकास कुनै एक जना सांसदको ठेक्का होईन । पासवान पनि यहीको जनता हो । राज्यलाई कर तिर्छ । राज्यले त्यो करको मूल्य ढिलो चाडो तिर्छ नै ।
कञ्चनपुर १५ श्रावण ।

COMMENTS