कञ्चनपुर,१५ श्रावण । पहिलो र दोस्रो चरणको चुनावबाट पाठ सिकेर कञ्चनरुप नगरपालिकामा तराई मधेस केन्द्रीत दलहरु एउटै चुनाव चिन्हमा चुनाव लड्...
कञ्चनपुर,१५ श्रावण ।
पहिलो र दोस्रो चरणको चुनावबाट पाठ सिकेर कञ्चनरुप नगरपालिकामा तराई मधेस केन्द्रीत दलहरु एउटै चुनाव चिन्हमा चुनाव लड्ने अन्तिम तयारी गर्दैछन् । मधेस केन्द्रीत दलहरु आन्दोलन संगै गर्ने तर चुनाव छुट्टा–छट्टै लडेर मधेसी जनताको भावना विपरीत काम गरेको अवाज उठ्दै आएको छ । जनताहरु सबै मधेस केन्द्रीत दलहरु एक जुट भएर चनावमा भागलियोस् .फोरम लोकतान्त्रिकको चुनाव चिन्हमा सबै मधेसवादी चुनाव लड्ने तयारी गर्दै भन्ने चाहन्छन्,त्यसको सम्मान गर्दै कञ्चनरुप
नगरपालिकामा राजपा र संघीय समाजवादी फोरम नेपालको एउटा टीम समेत सहभागी भएर एउटै चुनाव चिन्हमा चुनाव लड्ने तयारी भइरहको बताइएको छ । फोरम लोकतान्त्रिक र फोरम नेपालसंग तालमेल गरेर चुनाव लड्ने विषयमा सहमति नजिक पुगेपनि केही नेताको व्यक्तिगत स्वार्थ र अहमको कारण त्यो सहमति तोडिएपछि पछिल्लो समय एउटै चुनाव चिन्हमा राजपा सहित चुनाव लड्न तयारी भइरहेको हो । यसको औपचारिक रुपमा पुष्टि नभएपनि राजपाका नेताहरुले समेत सबै मधेसवादी दल एउटै चुनाव चिन्ह लिएर लड्नु विकल्प नभएकाले त्यसको तयारी अन्तिम चरणमा पुगेको पुष्टि गर्नुभएको छ । फोरम लोकतान्त्रिकबाट दिपक गुप्ता मेयरका उम्मेदबार छन् । फोरम नेपालका केही नेताहरुको अथक प्रयास र देशको राजनीतिको एक प्रमुख पात्र जयप्रकाश गुप्ता,पूर्व मन्त्री हेमराज तातैड र नेपाल लोकतान्त्रिक फोरमका क्षेत्रीय अध्यक्ष खिखर साह लगायतका नेताहरुको निरन्तरको छलफलबाट एउटै चुनाव चिन्हमा चुनाव लड्ने विषयले मूर्त रुप लिन थालेको हो

COMMENTS