कञ्चनपुरको स्वागतद्धारबाट बचेको पैसामा व्यक्तिगत स्वार्थ हावी आर्थिक अनियमिता भएको पनि आशंका

कञ्चनपुर 15, ।  कञ्चनरुप नगरपालिका– ८ बेरियर स्थित स्वागतद्धार निमार्ण गर्न गठित उपभोक्ता समितिले एज जना सांसदको पछि लागेर नियम विपरीत काम ...

कञ्चनपुर 15, ।
 कञ्चनरुप नगरपालिका– ८ बेरियर स्थित स्वागतद्धार निमार्ण गर्न गठित उपभोक्ता समितिले एज जना सांसदको पछि लागेर नियम विपरीत काम गरेको पाइएको छ । बेरियमा स्वागतद्धार निमार्ण गर्न गठित समितिले सांसद मानपुर चौधरीको व्यक्तिगत स्वार्थ पुरा गर्न मतियार बनेको आरोप लागेको छ । सांसद मानपुर चौधरीको विशेष कोषबाट १५ लाख र संसदीय विकास कोषबाट १४ लाख गरी २९ लाखमा बेरियरमा पार्क निमार्ण गर्न बजेट विनयोजन गरिएको थियो । तर राजमार्ग फोरलाईनको बन्ने भएकोले सडक विभागले पार्क निमार्ण गर्न अनुमति नदिएपछि स्वागत द्धार निमार्ण गर्ने योजना तय भएको थियो । स्वागत द्धार निमार्णपछि बाँकी रहने रकमले फत्तेपुरतर्फ जाने सडक छेऊमा पार्क निमार्ण गर्ने कुरा भएको थियो । उपभोक्ता समितिका सदस्य मध्येका एकले भने ‘ तर अहिले आएर सांसद कञ्चनपुरको स्वागतद्धारबाट बचेको पैसामा व्यक्तिगत स्वार्थ  हावी आर्थिक अनियमिता भएको पनि  आशंका चौधरी  निकट नेता दिलीप चौधरीको घर र उपभोक्ता समितिका अध्यक्षका श्रीमान मनमोहन साहको मामाघर समेत रहेको कञ्चनपुर नगरपालिका १० स्थित भोडहामा सडक बनाउन उक्त रकम खर्च गर्न भइरहको छ । ’ सांसदको विशेष कोषको रकम आपूmले रोजेको योजनामा खर्च गर्ने
सक्ने प्रावधान छ  तर संसदीय क्षेत्र विकास कोषको रकम खर्च गर्न उक्त क्षेत्रका सबै सांसदको अनुमति चाहिन्छ । सप्तरीको क्षेत्र नम्बर एकमा पनि प्रत्यक्ष निर्वाचित सांसद मानपुर चौधरीको अध्यक्षतामा संसदीय क्षेत्र विकास समिति छ, जसको सदस्य सांसद डाक्टर सुवोध पोखरेल र सांसद लक्ष्मी चौधरी पनि हुन् । ‘स्वागतद्धार निमार्णबाट बचेको पैसा सांसद चौधरीले कार्यकर्ता पोषन मनलागी खर्च गरेको छ, जुन दु ःखद कुरा हो । वडा नम्बर ८मै थुप्रै गाउँको वाटो हिड्न लायकको छैन तर सांसद चौधरीले कार्यकर्ता पोषन र भोट बैंक सुरक्षित गर्न तथा निमार्ण समितिका हताकर्ता साहले आफन्तको घर भएको ठाउँमा सडक निमार्ण गर्न लागेपछि समितिमै मतान्तर छ ।’ एक जना सदस्यले भने । त्यसो त सांसद चौधरीले उक्त बचेको पैसा खर्च आपूm भनेको ठाउँमा छुटै समिति बनाएर खर्च गर्न पाउनु पर्ने माँग गर्दै जिल्ला समन्वय समितिमा निवेदन दिनुभएको थियो तर जिससले अन्तिम समयमा त्यसो गर्न नसकिने तर कार्यरत समिति मार्फत मात्र खर्च गर्न सकिने जनाएको थियो । सांसद पोखरेलको प्रतिनिधिको आपती ः संसदीय क्षेत्र विकास समितिको सदस्य रहेका सांसद डाक्टर सुबोध पोखरेलका प्रतिनिधि पिताम्बर कर्णले स्वागतद्धार निमार्णबाट बचेको पैसा खर्च गर्ने सन्दर्भमा कुनै सल्लाह नभएको र अहिले एक जना सांसदलेको कार्यकर्ता जस्तो समितिले काम गरेको आरोप लगाउनु भयो । संसदीय क्षेत्र विकास समितिको पैसा एक जना सांसदले भनेकै ठाउँमा खर्च गर्नु नियम विपरीत काम भएको  कर्णको भनाई रहेको छ । पासवान टोल र सरदार टोलको विषयमा विवाद ः सांसद मानपुर चौधरीको सबभन्दा बढी  विश्वासका पात्र हुन् सरदार समुदाय । सार्वजनिक भाषण मै सांसद चौधरीले सरदारको भोटको कारण विजय भएको गौरवका साथ उद्घोष गर्छन् । पासवान टोलबाट दैनिक अवात जावत गर्छन् । तर जब एक टिूपर ग्राभेल सरदार टोलमा र २ टिूपर ग्राभेल पासवान टोलमा झारेपछि चौधरी रिसले आगो भएको बताइएको छ । ‘त्यो पासवान टोल र सरदार टोलको ग्राभेलको मलाई कुनै मतलब पनि छ्रैन,त्यसको पैसा यताबाट कुनै पनि हालतमा दिन दिदैनौं ।’ सांसद चौधरीको भनाई उद्धृत गर्दै एक जना सदस्यले भने ‘ त्यो पासवान टोलमा  एक टिूपर त के एक मुट्ठी ग्राभेल मेरो संसदीय कोषबाट हाल्दिन ।’ माओवादी नेता तथा सांसद चौधरीका निकट रहेर वर्षौ काम गरेका शोभा पासवानले पनि सांसद चौधरीले पासवान र सरदार टोलमा ग्राभेल झारेपछि आपत्ति प्रकट गरेको कुरा पुष्टि गर्नु भयो । नेता पासवानले भने ‘ पासवान टोलमा कुनै पनि हालतमा ग्राभेल हुन नदिने कुरा सांसदले गरेकै हो,हामीले पार्टीभित्र कुरा उठाएपछि अहिले आएर फेरी ग्राभेल दिने कुरा  गर्नुभएको छ ।’ सांसद चौधरीले बाटो बन्न नदिने भनेपछि चन्दा उठाएर भएपनि खसेको ग्राभेलको पैसा तिर्ने र उपभोक्ता समितिका कोषाध्यक्षको घरसम्म ग्राभेल भइसकेकोले समुदायको समेत तारो बन्नेभएपछि कोषाध्यक्षले चेकमा साइन नै नगर्ने भएपछि बाध्यभएर अहिले पासवान टोलमा पनि ग्राभेल गर्ने भएको बताइएको छ । पुरानो स्वागतद्धार मर्मत भएन ः सुरुमा स्वागतद्धार बन्ने कुरा हुदाँ पूर्व बस स्टेशनमा बन्ने कुरा थियो । पुरानो गेट भत्काएर अर्को गेट बनाउने कुरा भएको थियो र तर समितिका हताकर्ता केही व्यक्तिहरु स्वार्थका कारण स्वागतद्धार फत्तेपुर सडक मोडमा बन्यो । बेरियरकै धेरै जनाले उक्त कुराको विराध ग¥यो । समितिका हर्ताकर्ताहरुले बचेको पैसाले उत्तापट्टीको गेटको पनि मर्मत सम्भार र रंग रोगन गर्ने अश्वासन दिएको थियो । तर समितिको विरुद्ध अख्तियार र जिल्ला विकास समितिमा निवेदन दिएको भन्दै अहिले आएर त्यसमा एक रुपैया पनि खर्च नगर्ने बताइएको
छ ।
स्वागतद्धार निमार्णमा करिब २२÷२३ लाख खर्च भएको निमार्ण संलग्न हर्ताकर्ताहरुले हिसाब सुनाउँदै हिडेका छन् । तर सर्वसाधरण जनता त्यक्ति पैसा खर्च भएकामा आशंका व्यक्त गर्न थालेका छन् । उपभोक्ता समितिले पहिलो किस्ताको करम प्राप्त गरेको छ भने दोस्रो किस्ताको रकमको चेक लिन बाँकी छ । बेरियरका एक स्थानीयले भने ‘ गेटको पिलर सिमेन्ट र रडको सट्टा अरु नै सामग्री हालेर बनाएको भए त केही भत्रै परेन तर सिमेन्ट र  छड नै प्रयोग गरेर बनाइएको हो भने २२÷२३ लाख खर्च भएको कुरा कसैले पनि पत्याउदैन ।’ ती सर्वसारधणले भने ‘त्यसो त निमार्ण स्थलमै पटक पटक भोज भएको हामीले पनि हे¥यो त्यो खर्च मिलाएपनि  दावी गरिएको रकम खर्च भएको मात्रे अधार छैन ।’ स्रोतका अनुसार बेरियरकै स्थानीयले  स्वागतद्धार निमार्णमा अनियमिताको आशंका गर्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेको बुझिएको छ ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: कञ्चनपुरको स्वागतद्धारबाट बचेको पैसामा व्यक्तिगत स्वार्थ हावी आर्थिक अनियमिता भएको पनि आशंका
कञ्चनपुरको स्वागतद्धारबाट बचेको पैसामा व्यक्तिगत स्वार्थ हावी आर्थिक अनियमिता भएको पनि आशंका
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQU-P8UjUM119s4vCKAcyAqfsCKTk7eu_gM78fbrEJqXvMlDrLjz8IRj0n2U0z4SWhj6ahbOujGYFJJLZOrvKwiDU91YCGDNZsPJk1MFvRFQ-Yslq2m4Uvz2i9-GV2A9nm6KLIHmq4Wc8/s320/20245390_824607421020392_2216260362500101793_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQU-P8UjUM119s4vCKAcyAqfsCKTk7eu_gM78fbrEJqXvMlDrLjz8IRj0n2U0z4SWhj6ahbOujGYFJJLZOrvKwiDU91YCGDNZsPJk1MFvRFQ-Yslq2m4Uvz2i9-GV2A9nm6KLIHmq4Wc8/s72-c/20245390_824607421020392_2216260362500101793_n.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2017/07/blog-post_30.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2017/07/blog-post_30.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy