शिक्षिका सुनितालाई अनुदानमा पनि नगर्ने कसरत फिजिक्स विषयका दर्जनभन्दा बढी शिक्षक काम गर्न इच्छुक

कञ्चनपुर, १५ श्रावण । सर्वोदय माध्यामिक विद्यालय कञ्चनपुरका निम्ति प्रधानाध्यापक तारानन्द मल्लिक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षक आर्...


कञ्चनपुर, १५ श्रावण । सर्वोदय माध्यामिक विद्यालय कञ्चनपुरका निम्ति प्रधानाध्यापक तारानन्द मल्लिक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षक आर्थिक चलखेलका अधारमा चोरबाटोबाट फिजिक्स शिक्षक नियुक्ति गरेको प्रकरणले नायाँ मोड लिएको छ । आर्थिक चलखेलको अधारमा विद्यालयका हर्ताकर्ता दुई जना शिक्षकले आफन्तलाई नियुक्ति गर्न लगाएको घटना सार्वजनिक भएपछि समितिका अध्यक्ष,थप आक्रोसित  भएको छ । विद्यालय व्यवस्थापन समितिमा समेत प्रर्याप्त छलफल नगरी गरिएको फिजिक्स शिक्षक नियुक्तिले अहिले विवाद सिर्जना गरेको छ । विद्यालय व्यवस्थापन‘संविधानले राज्यको कुनै पनि निकायमा ३३ प्रतिशत महिलाको सिट सुरक्षित गरीसकेको अवस्थामा चार जनामा एक जना पनि महिला शिक्षक नराख्ने खेल संविधान र कानून विपरीत छ ।’ नागरिक समाजका अगुवा पन्तले भन्नुभयो(‘ त्यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने ८ वर्षदेखी कम ज्यालामा काम गर्न लगाइएको शिक्षिका साहलाई विद्यालयको गलत प्रवृत्तिको विरोध गरेकै कारण पन्छाउने कुरा समाजलाई मान्य हुन सक्दैन र विद्यालय समाजभन्दा बाहिर पनि छैन । यसको बाबजुद पनि निप्रअ र समितिका अध्यक्ष जीले कुनै वाहनावाजी गर्नुभयो भने समाजले निकास खोज्न बाध्य हुन्छ ।’ समाबिको चार जना शिक्षक नियुक्ति प्रकरणले समितिका अध्यक्ष तथा विद्यालयको केही शिक्षकको आडम्बरी चरित्र उदागो बनाएपछि उनीहरु आक्रोसित भएको बताइएको छ । एक शिक्षकका अनुसार अध्यक्ष चौधरीले ‘अब समाजका जोकोही आएपनि सुनिता साहलाई अनुदान दरबन्दीमा पनि नराख्ने अडान लिएको छ । ’ जिल्ला शिक्षा कार्यालयले माबिमा दुई ओटा स्थायी दरबन्दी र २ वटा अनुदान गरी चार वटा कोटा दिएपछि विद्यालयका प्रअ तथा समितिका अध्यक्ष बुद्धिसागर चौधरीले सुनयोजित तरिकाले विगत ८ वर्षदेखी काम गर्दै आएकी सुनिता साहलाई पन्छाउँदैं श्यामदेव चौधरीलाई फिजिक्स शिक्षकमा नियुक्ति गरेपछि पछिल्लो समय विवाद देखिएको हो । विगत आठ वर्षदेखी सुनिता साहलाई स्थायी दरबन्दी आएपछि ‘ तपाईलाई नै नियुक्ति दिन्छौं’ भन्दै ९ हजारमा काम गराएपनिस्थायी दरबन्दी आएपछि फिजिक्सको शिक्षक अभाव रहेको भन्दै निप्रअ मल्लिक र अध्यक्ष चौधरीले आर्थिक चलखेल गरेर चोर बाटोबाट श्यामदेव चौधरीलाई नियुक्ति दिने निर्णय गरेपछि विवाद बढेको हो । विद्यालयको आवश्कता र समितिका निर्णय अनुसार प्रक्रियागत रुपमा नियुक्ति गरिएको निप्रअ मल्लिकको दावी छ ।  निप्रअ मल्लिक र समितिका अध्यक्ष चौधरीले फिजिक्स शिक्षक अभाव रहेको दावी गरेपनि राहत दरबन्दीमा समेत एक दजर्न भन्दा बढी फिजिक्स शिक्षकले काम गर्न तयार रहेको विद्यालयका शिक्षक  र शिक्षा क्षेत्रका काम गर्नेहरुकोसँग सम्पर्कमा रहेको बताइएको छ ।
समितिका बहुमत सदस्य समेत यस नियुक्ति प्रक्रियाबाट सन्तुष्ट नभएको बताइएको छ । समितिका अध्यक्ष बुद्धिसागर चौधरीले अनुदान कोटामा पनि नेपाली शिक्षक नारायण खड्कालाई नियुक्ति गर्न प्रस्ताव गरेको समितिका एक जना सदस्यले कञ्चनरुप साप्ताहिकलाई जानकारी गराएको छ । ‘चार जना कोटामा एक जना पहाडीलाई पनि समावेशी हिसाबले राख्नु पर्छ,सुनितालाई अर्को कोटा आएपछि राखौंला । ’ अध्यक्ष चौधरीको भनाई उद्धृत गर्दै ति सदस्य ले भने ‘तर हामीले कुनै पनि हालतमा समुदायको चाहना विपरीत सुनिता साहलाई अन्या हुने कुरामा नगर्ने प्रष्ट पारेका छौं । ’ नागरिक समाजका अगुवा तथा स्थानीयबासी समेत रहनु भएका विकास पन्तले समेत यो कुराको पुष्टि गर्नु भयो । पन्तका  अनुसार अध्यक्ष बुद्धिसागर चौधरीले आपूmसंग समेत शिक्षिका साहलाई अर्को दरबन्दी आएपछि राख्न सकिने मनसाय प्रकट गरेको बताउनु भयो ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: शिक्षिका सुनितालाई अनुदानमा पनि नगर्ने कसरत फिजिक्स विषयका दर्जनभन्दा बढी शिक्षक काम गर्न इच्छुक
शिक्षिका सुनितालाई अनुदानमा पनि नगर्ने कसरत फिजिक्स विषयका दर्जनभन्दा बढी शिक्षक काम गर्न इच्छुक
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhCqjKkQs4t9E60ZTWkPTXYvkk-3sxmhzQqgziatbFYCZtXTdjkiG9tFhGcL3_kicnKXV7-bG5pBuxYk0YHwfGBGEzk1YDoWUUmgnFF7oV2EBis2nKWXHNff0hIRbRUh-QLifHjm1VD4I4/s1600/14470445_192403564527530_890321494811425838_n.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhCqjKkQs4t9E60ZTWkPTXYvkk-3sxmhzQqgziatbFYCZtXTdjkiG9tFhGcL3_kicnKXV7-bG5pBuxYk0YHwfGBGEzk1YDoWUUmgnFF7oV2EBis2nKWXHNff0hIRbRUh-QLifHjm1VD4I4/s72-c/14470445_192403564527530_890321494811425838_n.png
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2017/07/blog-post_15.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2017/07/blog-post_15.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy