कञ्चनपुर सर्वोदय माध्यामिक विद्यालय कञ्चनपुरका निम्ति प्रधानाध्यापक तारानन्द मल्लिकले एक जना शिक्षिकालाई नियुक्ती हुनु पूर्व नै सादा कागजमा...
कञ्चनपुर
सर्वोदय माध्यामिक विद्यालय कञ्चनपुरका निम्ति प्रधानाध्यापक तारानन्द मल्लिकले एक जना शिक्षिकालाई नियुक्ती हुनु पूर्व नै सादा कागजमा हस्ताक्षर गर्नु पर्ने र ३५ हजारको तलबी भरपाईमा हस्ताक्षर गरेपनि २० हजार रकम मात्रै दिनेगरी सहमति गर्न भनेको घटना बाहिर आएको छ । समाबिका हालका निप्रअ र त्यसका मतियारहरु त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई कुन हदसम्मको ‘नियन्त्रण’मा राख्ने गरेको छ,भन्ने उदाहरण पछिल्लो पटक माबि शिक्षिका सुनितादेवी साह बनेकीछिन् । शिक्षिका साहले जिल्ला शिक्षा कार्यालय,जिल्ला प्रशासन कार्यालय र स्थानीय नेता तथा सहकर्मीसाथीसंगको कुराकानीमा निप्रअ मल्लिकले आपूmलाई कार्यालयमा एक्कले राखेर युक्ति पत्र लिनुभन्दा पहिले राजीनामा हस्ताक्षर गर्नु पर्ने शर्त ३५ हजारमा सही गरेर २० हजार मात्रै दिने प्रस्ताबले समाबिमा खैलाबैला अनुदानतर्फको कोटामा नियुक्ति गरि दिने तर नियुक्तिभन्दा पहिले सदा काजगमा हस्ताक्षर र तलबी भरपाईभन्दा १५ हजार कम रकम लिनेगरी सहमति गरेमात्रै नियुक्ति दिन सक्ने नभए नदिने प्रस्ताव राखेको बताइएको छ । प्रस्ताव राखेपछि तु कु तु निर्णय दिनु पर्ने दवाव दिएपछि शिक्षिका साहले आफ्नो श्रीमानलाई त्यक्तिबेलै टेलिफोन सम्पर्क गरेको थियो । शिक्षिका साहका श्रीमानले निप्रअ मल्लिकलाई सदा कागजमा हस्ताक्षर गराउने कुरा कुन नियम कानून उल्लेख छ ? ३५ हजारमा हस्ताक्षर गरेर २० हजार मात्रै दिने कसरी मिल्छ ? भनी हब्काएका थिए । निप्रअ मल्लिकले टेलिफोनमै धेरै कुरा गर्न नमिल्ने भन्दै टेलिफोन काटेको विद्यालयले स्रोतले बताएको छ । जिल्ला शिक्षा कार्यालयले माबिमा दुई ओटा दरबन्दी र २ वटा अनुदान गरी चार वटा कोटा दिएपछि विद्यालयका प्रअ तथा त्यसका आसेपासेहरुले नियुक्तिमा चलखेल सुरु गरेको छ । विद्यालय स्रोतका अनुसार निप्रअ मल्लिक त मोहरा मात्रै हुन, समाबिमा पछिल्लो समय एज जना निमाबि र अर्का प्राबि शिक्षकद्वयले चलाइरहेको बताइएको छ । ती निमाबि शिक्षकले आपूm निकट एक जनालाई फिजिक्स शिक्षकमा स्थायी दरबन्दीमा नियुक्तिको गर्न प्रक्रिया मिलाउने काम गरिरहेको बताइएको छ । अहिले विद्यालयले अग्रेजी र फिजिक्स गरी दुई विषयको लागि विज्ञापन गरेको छ । तत्कालिन निप्रअ महेन्द्रकुमार यादबलाई खेद्ने अभियानका सारथी भएका कारण विद्यालयका प्रअ तारानन्द मल्लिकले अग्रेजी विषयमा संजय झा र फिजिक्समा एक जना थारु समुदायका शिक्षकलाई आवश्यक प्रक्रिया पुरा गरी आर्थिक चलखेलका अधारमा नियुक्ति गर्न लागि परेको छ । सुनितादेवी साहको विबाद जिल्ला शिक्षा कार्यालयहुदैँ जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । विद्यालयले अन्याय गरे समाजिक र कानुनी लडाई लड्ने तयारी शिक्षिका साहले गरेकीछिन् । जिल्ला शिक्षा कार्यालय सप्तरीका जिल्ला अधिकारी दोलराज पाण्डेले समाबिमा २ ओटा दरबन्दी र २ वटा अनुदान गरी चारवटा कोटा गएको बताउनु भयो ।
शिक्षिका साह सो विषयमा जानकारी दिन आएको पुष्टि गर्दै जिशिअ पाण्डेले भन्नुभयो “शिक्षिका साहले भनेपछि मैलै निप्रअ मल्लिकसंग कुरा गरे, वहाँको बुझाई २ वटा दरबन्दीको मात्रै विज्ञापन गर्नुपर्ने रहेछ, मैले चारआटै सिटको लागि विज्ञापन खुलाएर प्रक्रियागत रुपमा नियुक्ती गर्न निर्देशन दिएको छु ।” “अग्रेजी र फिजिक्स विषयको दरबन्दी खुलाइएको कारण उहाँ (साह)जी आतिनु भएको हो । विगतदेखी काम गरेकोलाई प्राथमिकतामा राखेर चारआटै सिटमा नियुक्ति गर्न भनिसकेको छु ।” जिशिअ पाण्डेले भन्नुभयो । शिक्षिका साहले गाउँका गन्यमान्य कहाँ गएर दरबन्दीमा नियुक्तिका लागि पहल गरीदिन हुन अनुरोध गरिहरको बुझिएको छ । विगमा कम तलबमा मैलै पढाएको तर आज दरबन्दी आउँदा एक जना माबि पढाउने शिक्षिकाकालाई पनि पाखा लागाउन खोजिएको गुनासो साहको रहेको छ । साहले प्रक्रिया मै जान समेत तयार रहेको बताउँदै निष्पक्ष रुपमा
प्रक्रिया संचालन हुने वातावरण मिलाईदिन आग्रह गरिरहको बुझिएको छ । तर शिक्षिका साहले निप्रअ मल्लिकको प्रस्ताव अस्वीकार गर्नुका साथै त्यस प्रस्तावलाई लिएर जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासनसम्म पुगेपछि विद्यालयका ‘छायाँ हेडसरहरु’ आक्रोसित भएको बताइएको छ । विद्यालय नियुक्ति पत्र लिनुभन्दा पहिले राजीनामा हस्ताक्षर गर्नु पर्ने शर्त ३५ हजारमा सही गरेर २० हजार मात्रै दिने प्रस्ताबले समाबिमा खैलाबैलासाप्रक्रियामा गएर पनि साहलाई आउट गर्ने रणनीति बनाउन लागि परेको बताएको छ । विद्यालयका निप्रअ तारानन्द मल्लिकले सुनिता साहले स्थायी दरबन्दीमा नियुक्तिका लागि भनेको तर त्यसमा नहुने भएपछि गतल प्रचार गरेको दावी गर्नुभएको छ । शिक्षिका साहको आरोपमा कुनै सत्यता छैन । निप्रअ मल्लिकले भन्नुभयो —“अब साहलाई अनुदान कोटामा पनि नियुक्ति हुने नहुने कुरा ग्यारेन्टी छैन । समितिको हातमा छ । समिति साहलाई गर्ने पक्षमा छैन ।”

COMMENTS