दोश्रो चरणकोस्थानीय तहको चुनाव सरकार असार १४ गते तोकिएको दुई नम्बर प्रदेशमा अहिले मधेशी जनसमुदायहरुले राजापा,संघिय फोरम नेपाल र लोकतान्त...

दोश्रो चरणकोस्थानीय तहको चुनाव सरकार असार १४ गते तोकिएको दुई नम्बर प्रदेशमा अहिले मधेशी जनसमुदायहरुले राजापा,संघिय फोरम नेपाल र लोकतान्त्रिक मिलेर तालमेल गरि मधेशमा ठुलो पार्टी बन्न चाहना गरेको छ । तर मधेशीवादी दलहरु चुनावका लागि एक हुने मञ्चबाट घोषणा त गर्दछ । तर व्यहवारमा लागु गर्दैनन् । अहिले असार १४ गते चुनावका लागि सबै मधेशवादी दलले आ आपनै उम्मेदवार गरेको देखिन्छ । यो दुखद् कुरा हो ।
यदी एकता भएर चुनावमा गएन भने एमाले,कांगे्रस र माआवादी केन्द्र मधेशमा यी तिन दल कुनै एक दल ठुलो दल हन जान्छ । र मधेशवादी दल संसदीय चुनाव जस्तै १० र १२ स्थानीय तहमा सिमित हुन्छ ।
अहिले मधेशको माग ,मधेशी जनताको माग छ । मधेशी दल एक भएर चुनाज आउ अनी ठुलो दल हन पुग्छ । नत्र सानौंमा र्झन बेर लाग्दैन ।
मधेशका युवाको माग हो । सहिदको माग हो ।मधेशी जनताको माग हो । सम्पूर्ण मधेशी,दलित,महिला,मुस्लिम सबै समुदायको माग हो ।
अहिले मागलाई बेवास्ता नगर्नु होला ।
बेवास्ता गरिएको भने आफैं बेवास्ता हुनेछन् ।
COMMENTS