राजकुमार पासवान कञ्चनपुर(सप्तरी) २३ फागुन । सप्तरीको कञ्चनपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले जर्बजस्ती गाडी स्कटीङ्ग गरी...
राजकुमार पासवान
कञ्चनपुर(सप्तरी) २३ फागुन ।
सप्तरीको कञ्चनपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले जर्बजस्ती गाडी स्कटीङ्ग गरी लान खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । प्रहरीले सप्तरी कञ्चनरुप नगरपालिका ३ का भुवनेश्वर यादव(थापा),उपेन्द्र मैरता(यादब) र रमा गुप्तालाई पक्राउ गरेको छ । सप्तरीको क्षेत्र नं.१का आन्दोलन समितिको संयोजक अनोज यादबलाई प्रहरीले पक्राउ गरी लैजादा गर्दा आन्दोलनकारीहरुले छुटाएर लिएर गएको छ । एक ट्रक सप्तरीको कञ्चनरुप न.पा. ५ सिथ्त कञ्चनपुर बेरियर चौकमा विहानै देखि जनपथ प्रहरी,सशस्त्र प्रहरी थपिएको छ । महौल असान्त छ ।
सप्तरीको कोही ब्यारेजदेखी सिरहाको बलान नदीसमम कुनै ठाउँमा पनि स्वागत गेट निमार्ण भएको देखिएको छैन । नेकपा एमाले राजविराजमा कार्यक्रमका लागि रिर्जब गरिएको बसबालाहरुले बैना फिर्ता गरी जुलुसमा सहभागी नहुने जनाएको अवस्था छ ।
यता संयुक्त लोकतान्त्रिक मधेशी कोर्चा सप्तरी कञ्चनपुरले एमालेको मेची महाकाली अभियान सप्तरीको राजविराजमा २३ गते आज(सोमवार) हुने आम सभापछि कञ्चनरुप नगरपालिकाको सर्वाेदय मावि कञ्चनपुरमा पार्टी प्रवेश तथा सभा गर्ने भनिएपनि मधेशी मोर्चा कंचनपुरको दबाब पछि कञ्चनरुप न.पा. ७ स्थित रुपनगर स्थित शंकर माविमा गर्ने भएपछि सो विद्यालयमा पनि मोर्चाको दबाब परेपछि कञ्चनपुर हटिया स्थित गर्ने भनिएको तर तेश्रो पटक योजना बनाएका एमाले कार्यकर्ताहरुको योजना असफल बनाएका छन् । सो आमसभा रुपनगरको वस्तीपुरस्थित गर्ने भनिएको एक श्रोतले बताएका छन् ।
रुपनगर वस्तिपुर स्थित गर्ने कार्यक्रमलाई पनि विरोध गर्ने मधेशी मोर्चा कञ्चनपुरले जनाएको छ ।
फाईल फोटोहरु

COMMENTS