चन्द्र नहरको पुनर्निर्माण कार्य तिब्र, धान रोपाईको समयमा पानी आउँछ ः मिश्र

भोला पासवान कंचनपुर ।   नेपालकै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण कार्य तिब्र रुपमा भईरहेको छ ।  सप्तरीको फत्तेपुर अवस्थित त्रिय...

भोला पासवान
कंचनपुर ।
  नेपालकै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । 
सप्तरीको फत्तेपुर अवस्थित त्रियुगाबाट नदीबाट निकालिएको  चन्द्रनहरको उचित व्यवस्था नहुँदा नहर फुटेर प्रत्येक वर्ष स्थानीय किसानहरुको जग्गा बगरमा परिणत हुने गरेको थियो । कोशी र खाडो नदीको बाढी र भूःखलनले नहर क्षतिग्रस्त भए पनि मर्मत नहुँदा सिँचाइको काम प्रभावित भएको थियो । पछिल्लो समयमा नहरका संरचना जीर्ण भएर कामै नलाग्ने अवस्थामा पुगेको थियो । नहर जीर्ण भएकाले बर्षभरी पानी अभाव समेत हुदैँ आएको थियो ।
तर अव चन्द्र नहर पुनर्निमाणपछि किसानहरु बर्षभरी नै खेतमा पानी लगाउन पाउँनेछन् । पुनर्निमाणपछि चन्द्र नहरको मुहार फेरिनेछ । कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय राजविराजका प्रमुख प्रसुन मिश्रका अनुसार मूल नहरको १४ किलोमिटरमा रू. ५ करोड ११ लाखको लागतमा नहरको सरसफाइ, पक्की लाइनिङ, टुटफुट, मर्मतलगायत निर्माणकार्यका लागि ठेक्का सम्झौता भई निर्माण अघि बढिरहेको छ । प्रमुख साहले भने “ १४ किलोमिटरमध्ये ६ किलोमिटरमा सरसफाई भइसकेको छ । काम तिब्ररुपमा भइरहेकोले काम समयमै सक्छ । ”
लामो समयदेखि लथालिङ्ग बनेको चन्द्र नहरको पुनर्निर्माण भएमा सप्तरीको २९ ओटा गाविसका ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । वर्षको दुई पटक बाली उत्पादनका लागि पानी उपलब्ध गराउँदै आएको सो नहरबाट आगामी दिनमा वर्षभरि पानी वितरणको सुविधा उपलब्ध गराउने प्रतिबद्धता प्रमुख मिश्रले व्यक्त गरे ।
कार्यालय प्रमुख झाले मूल नहरमा हेडबक्स मर्मतका लागि रू. ४ करोड ७२ लाखको ठेक्का सम्झौता भएको बताउनु भएको छ । चन्द्रनहर मर्मत सभार नभएर सङ्कटमा परेपछि २ वर्षअगाडि सिँचाइ मन्त्रालयले उक्त नहर पुनर्निर्माणका लागि रू. १ अर्ब ५८ करोडको निर्माण योजनालाई स्वीकृत गरेको थियो । गत आर्थिक वर्षको असारमा सम्झौता भएपनि काम यो आर्थिक वर्षबाट मात्रै सुरु भएको छ । पछिल्लो समय नहरको पूर्वाधार निर्माण दु्रत गतिमा भइरहेको छ ।
सन् १९२३ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा शुरू भई सन् १९२७ मा निर्माण सम्पन्न भएको उक्त नहर सञ्चालन र व्यवस्थापनमा शुरूका दिन ध्यान दिइए पनि विगत ३५ वर्षदेखि बजेट र साधनस्रोत अपर्याप्त भएपछि सङ्कटग्रस्त बनेको थियो । करीब ३१ किलोमिटर लम्बाइ रहेको चन्द्र नहरको मूल नहरमा पक्की लाइनिङ, पुनःस्थापना, माटो सरसफाइ, नदी नियन्त्रण, ग्राभेलिङ, पुल, कल्भर्ट निर्माण तथा स्टिल गेट बनाउने काम भइरहेको छ ।
उक्त डिभिजन कार्यालयबाट नहर पूर्वाधार निर्माणको निरन्तर अनुगमन भइरहेको छ । लामो समयपछि नहरबाट खेत सिञ्चन हुने सङ्केत देखेपछि स्थानीय जलउपभोक्ता तथा किसान उत्साहित भएका छन् ।
चन्द्र नहरको पुनर्निर्माण कार्य भइरहेकोले गहुँ बाली लगाउने समयमा यस पटक पानी आएन । किसानहरु धान रोप्ने समयमा पनि पानी आउँछ कि आउदैनन् भन्ने दुविद्धामा रहेको छ ।
तर कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय राजविराजका प्रमुख प्रसुन मिश्रका अनुसार गहुँ बाली लगाउने समयमा पानी नदिए पनि धान रोप्ने समयमा पानी दिने बताउनु भयो । प्रमुख मिश्रले भन्नुभयो “ गहुँ सबै किसानले छर्दैनन्,तर धान सबैले रोप्छ त्यसैले जसरी पनि धान रोप्ने समयमा पानी दिन्छौं ।”

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: चन्द्र नहरको पुनर्निर्माण कार्य तिब्र, धान रोपाईको समयमा पानी आउँछ ः मिश्र
चन्द्र नहरको पुनर्निर्माण कार्य तिब्र, धान रोपाईको समयमा पानी आउँछ ः मिश्र
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiXwoRzXE4ny7YOaoXfYwTL0kW-jXSc7cU9EgxyuVFcxP9Y_dVuZJjteAV86ffVfKkGRbCProi0iD0S_W5obm1SFPdI-KVbvgmWKXhsEc3lpEo5O4ZJBdwzvrWHNqx3PcwJSxuRboVTWnY/s1600/14470445_192403564527530_890321494811425838_n.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiXwoRzXE4ny7YOaoXfYwTL0kW-jXSc7cU9EgxyuVFcxP9Y_dVuZJjteAV86ffVfKkGRbCProi0iD0S_W5obm1SFPdI-KVbvgmWKXhsEc3lpEo5O4ZJBdwzvrWHNqx3PcwJSxuRboVTWnY/s72-c/14470445_192403564527530_890321494811425838_n.png
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2017/03/blog-post.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2017/03/blog-post.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy