चार महिनामा तीन सय भन्दा बढीले क्षतिपूर्तिका लागि निवेदन दियो कञ्चनपुर । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केका हातीले सप्तरी र सुनस...
चार महिनामा तीन सय भन्दा बढीले क्षतिपूर्तिका लागि निवेदन दियो
कञ्चनपुर । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केका हातीले सप्तरी र सुनसरीको आरक्ष क्षेत्रका जनताको घर भत्काउने क्रम अझे रोकिएको छैन् ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय,सुनसरी कुशहाका अनुसार गएको कार्तिकदेखी माघसम्म कार्यालयमा तीन सय जनाले हातीले घर तोड्फोड र बाली क्ष्ाितपूर्तिका लागि निवेदन दिएको जनाएको छ । यस अवधिमा हाती आक्रमणमा परि ३ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइेत भएका छन् ।
“आधिकारिक रुपमा करिब तीन सय परिवारले घर तोडफोड,बालीनाली क्षतिका लागि निवेदन दिएको छ,तर क्षति हुने परिवार बढी हुन सक्छ,सबैले निवेदन दिदैंन ।”कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय,सुनसरी कुशहाका संरक्षण अधिकृत श्याम साहले भन्नुभयो “यस अवधीमा हाती आक्रमणबाट ३ जनाको मृत्यु भएको छ,जसमध्ये दुई जनाले ५÷५ लाख गरि १० लाख क्षतिपूर्ति प्राप्त गरिसको छ , अन्य घर तोफोड र बालीनाली क्षति भएका ६० परिवारले समेत करिब ५ लाख क्षतिपूर्ति प्राप्त गरेका छन् ।”
पछिल्लो एक सातादेखी आरक्षभित्र हाती परिचालन गरि अर्ना समात्ने काम भइरहेकोले पनि हाती आरक्ष बाहिर आएर तोडफोड गर्ने क्रम बढेको वार्डेन साहले बताउनु भयो । देशभरी रहेको आरक्ष कार्यालयमध्ये सबैभन्दा बढी क्षति गर्ने सूचीमा कोशी टप्पु वन्यजन्तु आरक्ष तेस्रो स्थानमा छ । पहिलो स्थानमा बर्दिया राष्ट्रिय निकुञ्ज,दोस्रोमा झापाको वाहुनडाँगी र तेस्रोमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली जनावर(खासगरी हाती)ले बढी क्षति गर्ने गरेको वार्डेन साहले बताउनु भयो ।
प्रक्रिया जटिल र क्षतिपूर्ति रकम न्यून
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका जनावरले बालीनाली क्षति गरेपछि त्यसको क्षतिपूर्ति लिनका लागि प्रक्रियागत कठिनाइका कारण पिडीत मध्ये अधिकाश सर्वसाधरण जनता निवेदन दिदैंन । पछिल्लो समय खेतीपातीबाट फाइदा नहुने भएकाले जग्गाधनीहरुले सर्वसाधरण गरिबहरुलाई खेत ठेक्का दिएका छन् । तर ठेक्कामा खेती गर्ने किसानसंग जमिनको लालपुर्जा नभएको तर क्षतिपूर्तिका लागि लालपुर्जा अनिवार्य पेश गर्नु पर्ने भएकाले धेरै किसानहरु क्षतिपूर्तिबाट वञ्चित हुने गरेका छन् ।
अर्कोको तर्फ जेनतेन प्रक्रिया पुरा गरेपनि प्रक्रिया पुर्याउन लाग्ने रकम समेत क्षतिपूर्तिबाट नपाउने भएकालेपनि धेरै किसान क्षतिपूर्तिका लागि निवेदन हाल्न जादैनन् । स्थानीय किसान रामचन्द्र पासवानले भने “जताबाट पनि मर्ने त गरिबहरु नै हो ।”
COMMENTS