राजकुमार पासवान सप्तकोशी नगरपालिकालाई गाँउपालिका र कञ्चनरुप नगरपालिकामा बैरवा,मैनाकडेरी र बक्धुवाको ७,८ र ९ वडा गाभिएर कञ्चनरुप नगरपालिका ...
राजकुमार पासवान
सप्तकोशी नगरपालिकालाई गाँउपालिका र कञ्चनरुप नगरपालिकामा बैरवा,मैनाकडेरी र बक्धुवाको ७,८ र ९ वडा गाभिएर कञ्चनरुप नगरपालिका नै कायम गर्न सिफारिस गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदद्धारा संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको नेत्तृवमा गठन गरिएको सुझाब समितिले मधेशी मोर्चा सँग छलफल गरि सप्तरीमा चार गाउँपालिका,६ नगरपालिका र एक उपमहानगरपालिका कायम गर्न सिफारिस गरिएको हो ।
मधेशमा स्थानीय तह गाउँपालिका र नगरपालिका कायम गरिएको बिषयलाई लिएर मधेशी मोर्चा विरोध गर्दै आएको थियो । मन्त्रिपरिषदद्धारा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको नेत्तृवमा ३ सदस्यीय मन्त्रिस्तरीय कार्यदल गठन गरिएको थियो । सो समिति प्रदेश नम्बर २ मधेशमा पर्ने सम्पुर्ण जिल्ला सांसदहरु सँग छलफल गरि समिति अन्तिम रुप दिएर सरकारलाई प्रतिवेदन बुझाउने छ ।
सो छलफलको क्रममा स्थानीय निकायको पुन ः संरचना गर्न गठित गाउँपालिका,नगरपालिका तथा विशेष,संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमना निर्धारण आयोगको प्रतिवेदनलाई सरकारद्धारा गठित समितिले सप्तरीमा र चार गाउँपालिका,६ नगरपालिका र एक उपमहानगरपालिका कायम गएिको छ ।
सरकारद्धारा गठित समितिले सप्तरीबाट संसदमा प्रतिनिधित्व गरिरहेका प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फका सांसद र मधेशी सांसद गरि सप्तरीका जम्मा १६ सांसदहरु सँग छलफलबाट यस अघि आयोगले प्रतिवेदन अनुसार सप्तकोशी नगरपालिका कञ्चनरुप नगरपालिका र बक्धुवा गाविसलाई गाभिएर सप्तकोशी कञ्चनरुप नगरपालिका कायम गरिएको थियो । सो नगरपालिकालाई फेरबदल गरि राजविराजलाई उप महानगरपालिका तथा सप्तकोशी नगरपालिकालाई गाउँपालिका कायम गरिएको छ,भने कञ्चनरुप नगरपालिकामा बैरवा,मैनाकडेरी र बक्धुवाको वडा ७,८ र ९ लाई गाभिएर कञ्चनरुप नगरपालिका नै कायम गरिएको छन् ।
अहिले वर्तमान सप्तकोशी नगरपालिकामा फत्तेपुर,ओद्राहा र कमलपुर गाविस कायम रहेका छन् भने कञ्चनरुप नगरपालिका बरमझिया,बदगामा,जगतपुर,कञ्चनपुर,रुपनगर,धरमपुर,घोघनपुर,पिप्रापुर्व र ठेलिया कायम रहेको छ ।
सप्तकोशी नगरपालिकालाई गाँउपालिका कायम गरिएता पनि संख्या तथा सिमना निर्धारण आयोगले गाँउपालिका निर्धारण गरिएको जनसंख्या चालिस हजार रहेको छ, यस अघि सप्तकोशीका नगरबासीले कञ्चनरुप नगरपालिकामा गाभिएको आपत्ति जनाएको थियो । अहिले सप्तकोशी नगरपालिकालाई गाँउपालिका बनाउन सप्तरीबाट मधेशी जनअधिकार फोरम,नेपाल(लोकतान्त्रिक)का समानुपातिक सांसद सुबोध कुमार पोखरेलको संयोजकत्वमा सप्तरी १६ सांसदले आयोगको अनुसार जनसंख्या नपुगेपनि सक्रमकालिन अबस्थालाई मानेर सप्तकोशी नगरपालिकालाई गाउँपालिका नै कायम गरिने सहमती गरिएको यस प्रक्रियामा सहभागी एक सांसदले बताउनु भएको छ । सप्तरीमा चार गाउँपालिका,६ नगरपालिका र एक उपमहानगरपालिका कायम गर्न सिफारिस गरिएको छ,यसलाई मन्त्रिपरिषदबाट पारित हुन बाँकी रहेको छ ।

COMMENTS