कंचनपुर । सप्तरीको कञ्चनरुप नगरपालिका ५ हटिया स्थित निमार्णधिन खानेपानी आयोजनाको काम तिब्र गतिमा भइरहेको छ । दुई दशक देखि अधुरो खानेपानी...
कंचनपुर । सप्तरीको कञ्चनरुप नगरपालिका ५ हटिया स्थित निमार्णधिन खानेपानी आयोजनाको काम तिब्र गतिमा भइरहेको छ ।
दुई दशक देखि अधुरो खानेपानी आयोजनाको कामको ठेक्का स्थानीय ठेक्केदारले लिएपछि कामले तिब्रता पाएको हो । खानेपानी निमार्ण हुन अधुरा ओभरहेड बनाउन जिम्मा पाएका श्री रेश्मा निमार्ण सेवा,इटहरी ५(हाल कञ्चनरुप नगरपालिका ५) सप्तरीले ठेक्का पाएको छ । आयोजनाको अधुरो ओभरहेड काम पुरा गर्न एक करोड ९ लाख ७४ हजार २ सय ७८ रुपैया २९ पैसा रकममा रेश्मा निमार्ण सेवाले ठेक्का पाएको हो ।
“उक्त निर्माण कार्य दुई बर्ष ६ महिनामा सम्पत्र गर्नेगरि हामीले पाएका छौं ।” रेश्मा निमार्ण सेवाका प्रोप्राईटर महम्मद नसारले भने “ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले ठेक्का स्वीकृत भएको दुई महिनामा नै काम धेरै अघि बढि सकेको छ । ” म ठेकेदार मात्र होइन स्वयम नगरवासी पनि हो,मेरो घर कञ्चनपुर भएकोले गर्दा त्यो खानेपानी निर्माण भए पछि म पनि सोही खानेपानी उपभोत्ता(सेवाग्रही) बन्ने हुदा काम गुणस्तरीय र समयमा सकाउन आपूm लागि पर्ने महम्द नेसारले बताए ।
COMMENTS