काठमाडौं, २१ माघ । अधिवक्ता तथा तराई सेन्टरका अध्यक्ष दीपेन्द्र झाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा। सीके राउतको गिरफ्तारीलाई गैरकानूनी ...
काठमाडौं, २१ माघ । अधिवक्ता तथा तराई सेन्टरका अध्यक्ष दीपेन्द्र झाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा। सीके राउतको गिरफ्तारीलाई गैरकानूनी भनेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘सि।के राउतको विचारसँग असहमत हुन सकिन्छ तर सर्वोच्च अदालतले एकपटक राज्य विप्लव मुद्दामा सफाइ दिइसके पछि पुन सोही मुद्दामा पक्राउ गर्नु कानूनी शासनको उपहास हो ।’
अधिवक्ता झाले, ‘हैन यदि नयाँ कुनै मुद्दामा पक्राउ गरेको हो भने पक्राउ गरिएको व्यक्तिलाई कुन मुद्दा वा अभियोगमा पक्राउ गरिएको भन्ने कुराको शीघ्र जानकारी दिनु पर्ने हुन्छ ।’ भनेका छन् ।
पक्राउ गर्दा पक्राउ गर्नुको कारण सहितको सुचना वा पक्राउपुर्जी दिनु पर्ने हुन् उनले तर्क गरेका छन् । पक्राउ गर्दा पक्राउको कानूनी आधार र प्रकृयालाई ख्याल गर्नु पर्ने उनको धारणा छ ।
पक्राउ गरिएको व्यक्तिलाई यथाशीघ्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थिति गराउनु पर्ने अधिवक्ता झाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘९नेपालको सन्दर्भमा बाटोको म्याद बाहेक २४ घण्टाभित्र ० पक्राउ गरिएको व्यक्तिलाई कानुनी व्यवसायी संग सम्पर्क गर्न दिनु पर्ने हुन्छ ।’

COMMENTS