कञ्चनपुर । जिल्ला हुलाक कार्यालय सप्तरीका प्रमुख दक्षनारायण श्रेष्ठले कञ्चनपुर ईलाका हुलाकमा यस भेगका जनतालाई सेवा सुविधामा कुनै किसिमको...
कञ्चनपुर ।
जिल्ला हुलाक कार्यालय सप्तरीका प्रमुख दक्षनारायण श्रेष्ठले कञ्चनपुर ईलाका हुलाकमा यस भेगका जनतालाई सेवा सुविधामा कुनै किसिमको कठिनाई नहुने बताएका छन ।
शुक्रवार ईलाका हुलाक कार्यालय कञ्चनपुरले माघीपर्व तथा मकर संक्रान्तिको अवसरमा आयोजित शुभकमना आदान प्रदान तथा पिकनिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा सो कुरा बताउनु भएको हो ।
एक अर्को प्रसङ्गमा जिल्ला हुलाक कार्यालय सप्तरीका प्रमुख श्रेष्ठले ईलाका हुलाका कञ्चनपुरमा कर्मचारीहरु कम भएको हुदाँ खरिदार,कार्यालय मर्मत सम्भार गर्ने र टिकट भण्डारण विस हजार रहेकोले अब सप्तकोशी कञ्चनरुप नगरपालिका क्षेत्र ठुलो भएको हुदाँ सो क्षमता बढाउने बताएका छन । सो शुभकामना आदान प्रदान कार्यक्रममा ईलाका हुलाक कार्यालय कञ्चनपुरका ना.सु.तथा प्रमुख कृष्ण गुरागाई,खरिदार बिष्णु बहादुर बुढा,ईलाका हुलाक कार्यालय फत्तेपुरका प्रमुख देवराज आचार्य,समाजसेवी नारायण बहादुर मिश्र,उपेन्द्र पाण्डे,अतिरिक्त हुलाक कर्मचारी विरेन्द्र गुप्ता लगायतले हुलाकबाट पाउने सेवा सुविधामा कुनै किसिम कटौती नगर्ने बताएका छन । सो शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन ईलाका हुलाक कार्यालय कञ्चनपुरका प्रवक्ता पुण्य प्रसाद पराजुलीले गरेका थिए ।

COMMENTS