कञ्चनपुर । उपभोक्ता समिति गठनमा सांसद मानपुर चौधरीको दोहोरो नीतिको कारण एक नम्बर क्षेत्रका करिब आधा दर्जन ठाउँमा उपभोक्ता समिति गठनमा विवाद...
कञ्चनपुर ।
उपभोक्ता समिति गठनमा सांसद मानपुर चौधरीको दोहोरो नीतिको कारण एक नम्बर क्षेत्रका करिब आधा दर्जन ठाउँमा उपभोक्ता समिति गठनमा विवाद देखिएको छ । सांसद चौधरीले आफ्ना पिछलग्गुले कत्तै घरमै श्रीमती त कत्तै भाउजूलाई अध्यक्ष बनाउँदा पनि ठिक,कत्तै नियमसंगत समिति बन्दा पनि बेठिक भन्दै विरोध गरेकाले विवाद सिर्जना भएको छ ।
संसदमा निर्वाञ्चन सम्बन्धी ऐन,संविधान संसोधन,स्थानीय निकायको पुर्नसंरचना लगायत महत्वपूर्ण विषयमा केन्द्रित रहेर संसद चलिरहदाँ सप्तरी क्षेत्र नम्बरका १का सांसद मानपुर चौधरीले १०÷१५ लाखको विकास निमार्णको लागि गठित उपभोक्ता समितिमा आप्mना कार्यकतालाई जसरीभए पनि राख्नका लागि व्यस्त छन् ।
गत मंगलबार सांसद चौधरीले स्थानीय यातायात पुर्वाधार क्षेत्रगत कार्यक्रम अन्तर्गत प्राप्त अनुदानबाट रुपनगर–कञ्चनपुर–पथरी–पडेमारा सडक स्तरोन्नती सञ्चालन भईरहेको काममा आप्mना नजिकका कार्यकर्ता नपरेको भन्दै उपभोक्ता समिति विघटन गर्न माँग गर्नुका साथै सप्तरीका स्थानीय विकास अधिकार र एक कर्मचारीलाई कार्यालयमै दुरव्यहार गरेका छन् ।
उक्त उपभोक्ता समिति र अनुगमन समिति अवैधानिक गठन भएको,उपभोक्ता बाहिरको मानिस रहेको भन्दैं सांसद मानपुर चौधरीले आफै स्थानीय विकास अधिकारी सुदेब कुमार पोखरेल र नायव सुब्बा जुगेश्वर यादवलाई समिति विघटन गरी काम रोक्न धम्की दिनुभएको छ । कञ्चनरुप साप्ताहिकका प्रतिनिधि उपस्थित रहेको बेला सांसद चौधरीले स्थानीय विकास अधिकारी पोखरेल र नायब सुब्बा यादबलाई सडक उपभोक्ता गर्ने मानिस मात्रै उपभोत्ता समितिमा हुनु पर्ने भन्दै जिविसको प्रतिनिधिको रोहबरमा गठित उपभोक्ता समिति अवैधानिक रहेकोले यसलाई खारेज गरि अर्को उपभोक्ता समिति गठन गरि काम सञ्चालन गर्नुपर्ने भन्दै धम्की दिनुभएको थियो । सांसद चौधरीले कार्यालय परिसरमै जिविसका कर्मचारी आर्थिक प्रलोभनमा परी समिति गठन गरेकोले तत्काल खारेज गर्न धम्की दिनुभयो ।
जिल्ला विकास समिति नायव सुब्बा जुगेश्वर यादवले उपभोक्ता समिति वैधानिक रहेका बताउँदै भने– “राजविराजबाट प्रकाशित स्थानीय पत्र–पत्रिकामा सूचना प्रकाशित तथा रेडियो एफ.एम.का माध्यमबाट २०७३ कार्तिक ३० गते सूचना प्रकाशित गराएर २०७३ मंसिर ७ गते मंगलवार साविक पिप्रापुर्व गाविस भवनमा जिल्ला विकास समिति सप्तरीका सव ईन्जिनियर नविन कुमार देव,कञ्चनरुप न.पा. ६ पथरीका जेष्ठ नागरिक फागु खंग खत्वेको अध्यक्षतामा, कञ्चनरुप न.पा. ९ र १० का वडा सचिव मिरादेवी भट्ठराई र वडा ६ का समाजिक परिचालक शुशिला चौधरीको रोहवरमा स्थानीय भद्र–भलादमी,समाजसेवीहरुको उपस्थितीमा सो उपभोत्ता समिति गठन भएकोले यो वैध छ ।” नायब सुब्बा यादवका अनुसार उपभोक्ता गठन हुने सबै प्रक्रिया पूरा भएकोले गठन भएकै उपभोक्ता नियमसंगत रहेको हुनाले सोही उपभोक्तालाई काम गर्न सुझाब दिएका छन् ।
उपभोक्ता समिति गठन पछि जिल्ला विकास समिति सप्तरीले मंसिर २१गते नै उपभोक्ता समितिसंग सम्झौता गरी काम अघि बढाउन पत्र दिइएको छ । कार्यादेश निर्देशन अनुसार गठित रुपनगर–पडेमारा सडक उपभोक्ता समिति सप्तरीका अध्यक्ष घनश्यामराज पोखरेललाई पत्र दिदैं भनिएको छ —“चालु आ.व. २०७३÷०७४ मा स्थानीय पुर्वाधार क्षेत्रगत कार्यक्रम अन्तर्गत रुपनगर–कञ्चनपुर–पथरी–पडेमारा (पिप्रा खण्ड) सडकमा माटो ग्राभेलको स्वीकृत लगत स्टीमेटको स्पेशिफिकेशन बमोजिमको काम मिति २०७३ मंसिर २२ गते शुरु गरी मिति २०७३ चैत्र ३० गते सम्म्मा सम्पन्न गराउने गरी जिल्ला विकास समिति सप्तरी र उपभोत्ता समिति विच २०७३ मंसिर २१ गते सम्झौता भएको हुदाँ सोही अनुसार काम सम्पन्न गर्न गराउन अनुरोध छ ।”
पत्रचार समेत गरिएको हुदाँँ भईरहेको कामलाई एक निर्वाचित सांसद मानपुर चौधरीले स्थानीय विकास अधिकारी सुदेब कुमार पोखरेल र नायव सुब्बा जुगेश्वर यादवलाई रोक लगाउनु,दुरब्यहवार गर्नु र सो सडक खण्डमा उपभोक्ता समिति र स्थानीय विकास अधिकारीलाई सो ठाउँमा आएर काम गरी देखाउन् भनी धाक–धम्की दिएका छन् ।
२०७३ मंसिर ७ गते मंगलवार साविक पिप्रापुर्व गाविस भवनमा गठन भएको उपभोत्ता समितिमा अध्यक्ष मुरारी पोखरेल भने घनश्यामराज पोखरेल,उपाध्यक्ष फागु खंग खत्वे,सचिव भरोसी कुमार यादव र कोषाध्यक्ष निर्मला कुमारी चौधरी रहेका छन,भने सदस्यहरुमा सुनितादेवी खंग,राधादेवी सदा र काजलदेवी चौधरी रहेका छन । मनभरण सदाको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । पिप्रापुर्वका स्थानीय निवेदक पुहुपलाल चौधरीले २०७३ मंसिर ९ गते समितिमा बसेको मानिस बाहिरको हो भन्दैं जिविसमा निवेदन दर्ता गराएका थिए ।
उपभोक्ता समितिमा सांसद चौधरीको दोहोरो नीति ः सप्तरीको कञ्चनपुर बेरियरमा संसदीय कोष र जिविसबाट निमार्ण हुने २९ लाखको उपभोक्ता समिति गठन मनमोहन साहको बेरियर स्थित घरमा केही व्यक्तिहरुलाई बोलाएर गठन गर्दा वैध हुने,बेरियरमा घरभएका व्यक्तिहरुलाई थाह नदिई समिति गठन गर्दा कसरी वैध हुन्छ ? स्थानीयले भने ।
त्यस्तै रुपनगर स्थित शंकर माध्यमिक विद्यालय कञ्चनरुप नगरपालिका ८मा प्रत्यक्षतर्फका् संसद संयोजक रहने संसदीय कोषबाट विद्यालयलाई दिइएको १० लाख रकमको लागि उपभोक्ता समिति गठन भइसकेपछि पुन ः सांसद चौधरीले डा.बलभद्र दास(भुटो)को घरमा बसेर भुटोको भाउजुलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर छुटै समिति गठन गरेर विवाद सिर्जना गरेका छन् । शंकरमा माविमा गठित समितिमा नेकपा एमाले पार्टीका तर्फबाट मोहम्द इस्लाम अध्यक्ष,नेपाली काग्रेसका अमर श्रेष्ठ कोषाध्यक्ष र माओवादी केन्द्रका बब्लु दास सचिव रहने गरी समावेशी रुपमा समिति गठन गरिएको छ ।
“सांसद जस्तो गरिमामय पदमा बसेका मान्छे गाउँ घरको स—साना उपभोक्ता समितिका नाममा घर झगडा लगाउँदै हिड्नु उहाँलाई सुहाउँदैन । कोषाध्यक्ष अमर श्रेष्ठले भने “समिति गठन भएको दिन उपस्थित नरहेको व्यक्तिलाई कुनै व्यक्ति विशेषको घरमा बन्द कोठा भित्र अर्को समिति गठन गरेर सांसद चौधरीले झगडा लगाउनु भएको छ ।” कोषाध्यक्ष श्रेष्ठले भने “ रुपनगर विद्यालयमा मात्र होइन,रुपनगर पञ्चकन्या मन्दिर स्थित खानेपानी उपभोक्ता समिति देवनारायण श्रेष्ठको अध्यक्षतामा र खानेपानी तथा सरसफाई कार्यालयको प्रमुखको सहभागितामा भए पनि उक्त ठाउँमा पनि आफनो पार्टीको कार्यकर्ताहरुको छुट्ठै समिति गठन गरेर सांसद चौधरीले विवाद सिर्जना गरेका छन् ।”
वडा नागरिक मञ्च,जिविसका कर्मचारीहरुको सहभागितामा बनेको समिति अवैध हुने ? रुपनगर–पडेमारा सडक उपभोक्ता समिति सप्तरीका अध्यक्ष घनश्यामराज पोखरेलले भने—“हामीले नियमसंगत काम गर्दा पनि अवैध हुने,सांसद चौधरीले आफ्ना कार्यकर्ताको घरमा बन्द कोठा भित्र समिति बनाउँदाचाहिँ वैध हुने ? यो कसरी हुन सक्छ ?”

COMMENTS