भोला पासवान समाजिक सुरक्षा भत्ता वितरणको लागि कञ्चनपुर नगरपालिकाले जेष्ठनागरिक,अपाङ्ग र बालबालिका मैत्री भौतिक संरचना नरहेको सिर्जना फाइनान...
भोला पासवान
समाजिक सुरक्षा भत्ता वितरणको लागि कञ्चनपुर नगरपालिकाले जेष्ठनागरिक,अपाङ्ग र बालबालिका मैत्री भौतिक संरचना नरहेको सिर्जना फाइनान्स लिमिटेड कञ्चनपुर शाखामा भत्ताका वितरणको व्यवस्था गरेपछि जेष्ठ नागरिकहरु सास्ती खेप्न बाध्य भएको छ । भत्ता लिन पुगेका जेष्ठ नागरिक दोस्रो तल्लामा रहेको फाइनान्सको कार्यालय घुडा टेकेर (सिढी)चढ्न बाध्य पारिएको छ ।
सरकारले जेष्ठ नागरिकलाई सम्मान गर्दै समाजिक सुरक्षाका लागि भत्ताको व्यवस्था गरेको छ । तर कञ्चनरुप नगरपालिकाले जेष्ठ नागरिक तथा अपाङ्ग मैत्री भौतिक संरचना नभएको वित्तिय संस्थामा समाजिक सुरक्षा भत्ताको लागि कारोवार गर्ने बाध्यात्मक व्यवस्थाको कारण जेष्ठ नागरिकहरुलाई सास्ती व्यहोरनु परेको हो ।
कञ्चनरुप नगरपालिका,कञ्चनपुरले जेष्ठ नागरिक र बालपोषण भत्ता लिने सिर्जना फाइनान्स लिम्मिटेडमा व्यवस्था गरेको छ । सरकारले जेष्ठ नागरिकलाई दिदैं आएको समाजि सुरक्षा भत्ता बैंक मार्पmत भुक्तानी दिने निर्णय गरेको छ । समाजिक सुरक्षा भत्ता वापतको रकम गाविस तथा नगरपालिका कर्मचारीहरुले अनियमिता गर्ने क्रम बढेपछि सरकारले समाजिक सुरक्षा भत्ता र बालपोषण भत्ता बैंक मार्फत भुक्तानी गर्ने व्यववस्था गरेको छ ।
कञ्चनरुप नगरपालिकाले नगरपालिका भित्र दुई वटा बैंक हुदाँहुदैं सिर्जना फाइनान्स लिमिटेडमा समाजिक सुरक्षा भत्ताका लागि कारोवार गर्ने सम्झौता गरेको छ । तर सिर्जना फाइनान्स लिमिटेडको कार्यालय दोस्रो तल्लामा रहेको र त्यहाँ चढ्ने सिढी समेत फलामको रहेकोले जेष्ठ नागरिकहरुलाई कार्यालयसम्म पुग्न सास्ती व्यहोर्नु परेको हो ।
भत्ता लिन आएका जेष्ठ नागरिकहरु र अपाङ्गलाई सिडी चढ्न साह«ै गाह«ो हुनेगरेको छ । स्वासप्रश्वास ग्रस्ति र अपाङ्गता भएकाहरुलाई बढी समस्या भइरहेको छ । फाइनान्समा सेवा लिनका लागि करिब ३० फिट माथि फलामे सिढी चढ्नु पर्छ ।
७० वर्ष माथिका जेष्ठनागरिक र ६० वर्ष कटेका दलित समुदायका जेष्ठनागरिक ,एकल महिला र बालपोषण अन्तर्गत ५ वर्ष मुनिका दलित बालबालिकाहरुलाई समाजिक सुरक्षा भत्ता दिदैँ आएको छ । कञ्चनरुप नगरपालिका १ बरमझियाका बैद्यनाथ गुप्ताले भने “ ७० वर्ष कटेका अधिकाश जेष्ठ नागरिक समतलमा हिडडुल गर्न सक्दैनन भने यत्रो माथि फलामे सिढी कसरी चढ्न सक्छ,यो जेष्ठ नागरिकलाई सम्मान हो कि सास्ती ?”
त्यसो त कञ्चनरुप नगरपालिका र फानान्सबीच २०७३ असोज १८ गते भएको समाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सम्झौताको ७ नम्बर बुदाँमा पूर्ण अशक्त र अपाङ्गगता(रातो कार्डवाला)भएका व्यक्तिहरुको खाता खोल्नु पर्दा फानान्सले घरदैलो सेवा समेत दिनुपर्ने उल्लेख छ । तर सम्झौता अनुसार फाइनान्स घर दैलो सेवा दिन सकेको छैन ।
नगरपालिकाले पूर्ण अशक्त र अपाङ्गगता(रातो कार्डवाला)भएका व्यक्तिहरुको खाता खोल्नु पर्दा मात्रै फाइनान्सले घरदैलो सेवा समेत दिनुपर्ने सर्त राखेको छ,जबकी फाइनान्सको कार्यालयको संरचना समान्य व्यक्तिहरुलाई समेत अपठेरो हुनेखालको छ ।
भत्तालिन फाइनान्स पुगेका ७५ वर्षीया एक जेष्ठनागरिकले भने “ यो कार्यालय(फाइनान्स)को सिढी चड्नु र नरिवल टिप्न रुखमा चढ्नु उस्तै हो । राज्यले हामीलाई सम्मान वापत यो रकम उपलब्ध गराएको छ तर यी (नगरपालिका) र बैंक(फाइनान्स) हामीलाई दुःख दिन उद्यत छ । ”
त्यसो समाजिक सुरक्षा वितरणको लागि बैंकमा खाता खोल्नु पर्ने हो तर नगरपालिकाले किन र के प्रलोभवनका लागि सिर्जना फाइनान्समा सम्झौता गरेको हो त्यो कुरा नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत थाह छैन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नगरप्रतिनिधि कृष्णा प्रसाद साहले भने “ सिर्जना फाइनान्स जेष्ठ नागरिक मैत्री छैन,जेष्ठ नागरिकहरुलाई सेवा लिन धेरै सास्ती व्यहोरनु परेको छ । बैंकमा खाता खोल्नु पर्नेमा किन फाइनान्समा खाता खोलियो,नगरपालिकासंग हामी सोधपुछ गर्छौ । फाइनान्सबाट समाजिक सुरक्षा भत्ता वितरण गर्ने विषयमा राजनीतिक दललाई कुनै जानकारी पनि छैन ।”
५ वर्षमुनिका दलित बालबालिकालाई पोषण भत्ता,जेष्ठ नागरिक तथा अपाङ्ग गरि करिब चार हजार तीन सय उनन्नपचास जनाले समाजिक सुरक्षा भत्ता वापत प्रत्येक चौमासिकमा २ करोड ६लाख भन्दा बढी रकम बुझदै आएको कञ्चनरुप नगरपालिका कञ्चनपुरका पञ्जिकरण शाखा प्रमुख शत्रुघन यादबले जानकारी गराउनु भएको छ । पञ्जिकरण शाखा प्रमुख शत्रुघन यादबले भने “फाइनान्सले कार्यालय(दोस्रो तल्ला)मा पुगन नसक्ने जेष्ठ नागरिकहरुलाई तलै आएर सेवा उपलब्ध गराउने भनिएकोमा त्यो कार्यान्वयन नगरेको देखियो,त्यसको लागि हामी पुन ः पहल गछौं ।”

COMMENTS