शौचालय नबनाउने ‘समाजसवी’हरुको नाम सार्वजनिक गर

 सम्पादकीय  कञ्चनरुप नगरपालिकालाई खुल्ला दिशा मुक्त नगर घोषणा गर्ने अन्तिम तयारी हुदैँछ । नगरपालिकालाई खुल्ला दिशा मुक्त गर्न युनिसेफको सहय...

 सम्पादकीय 
कञ्चनरुप नगरपालिकालाई खुल्ला दिशा मुक्त नगर घोषणा गर्ने अन्तिम तयारी हुदैँछ । नगरपालिकालाई खुल्ला दिशा मुक्त गर्न युनिसेफको सहयोगमा महुली सामुदायिक विकास केन्द्रले करिब ६० लाख भन्दा बढी खर्च गरेको छ । नगरपालिकाको सरसफाईको अवस्था हेर्दा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने बेला भइसकेको छैन । स्यवम यसका लागि काम गर्ने संस्थाले समेत सतप्रतिशत घरधुरीले शौचालय बनाइ नसकेको जानकारी गराएको छ ।
नगरपालिका अन्र्तगत कञ्चनपुर बेरियर,बजार,रुपनगर चौक,बरमझिया,बलुवा,ठेलिया लगायतका ठाउँमा प्रयाप्त रुपमा सार्वजनिक शौचालय छैन । बेरियर र बजारमा शौचालय निमार्ण भएपनि संचालनमा भइसकेको छैन ।
प्राय बेरियर चौकमा घर धनीहरुले शौचालय निमार्ण गरेको देखिदैन । व्यसाय  र बसोबासका लागि घर भाडामा लगाएर मासिक हजारौ. रुपैया असुल्ने घर पट्टीहरुले समेत देखावटी रुपमा एकआध शौचालय निमार्ण गरेपनि प्रयाप्त रुपमा शौचालयको व्यवस्था गरेको छैन ।  अभियान चलाउने संस्था  र यस नियमन गर्ने कञ्चनरुप नगरपालिकाले समेत सोझा सिदा र गरिब जनताहरुलाई शौचालय नबनाएको भन्दै सेवा सुविधा रोक्दै आएका छन् ।
तर नगरपालिकाको नाक मुनि नै घरपट्टीहरुले शौचालयको व्यवस्था नगर्दा समेत कुनै चासो लिएको देखिदैँन । खुल्ला दिशा मुक्त अभियान संचालन गर्ने संस्था र नगरपालिकाले चौकमा भाडा असुल्ने घरपट्टीहरुलाई शौचालय बनाउन के पहल गर्यो ? वा नबनाउनेलाई नगरपालिकाबाट सेवा सुविधा रोक्न प्रयास गर्यो कि गरेनन् ? यस पटक निमुखा जनता र संचारकर्मीहरु समेत यो अभियानलाई नजिकबाट नियाल्दैँछ । 
कञ्चनपुर गाविस हुदाँ पनि दिशा मुक्त गाविस घोषणा भएको थियो । करिब ४० प्रतिशत भन्दा बढी घरधुरी शौचालय बनाउन बाँकी रहेकोभएपनि त्यसबेला पनि खुल्ला दिशा मुक्त गर्ने जिम्मेबारी लिएका संस्थाले विभिन्न वहाना बनाएर सर्वसाधरणलाई झुक्याएर फर्जी रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेको थियो । त्यस वखत सर्वसाधरण जनतालाई गाविस खुल्ला दिशा मुक्त घोषणा भयो भने धेरै बजेट आउने झुठा अश्वासन समेत दिइएको थियो । तर पछि केही पनि भएन । तसर्थ फेरी पनि विगत नदोहरियोस् भनेर नागरिक समाज र स्थानीयहरु सचेत हुनु जरुरी छ ।
नगरपालिका र यस अभियानमा कार्यरत संस्थाको ध्यान गाउँमा मात्र होईन चौक र बजारका घरपट्टी तिर पनि हुनु पर्यो । निमुखालाई जसरी पनि शौचालय बनाउन कर गर्ने नगरपालिका र यसमा कार्यरत संस्थाले शौचालय नबनाउने ‘समाजसवी’हरुको नाम सार्वजनिक गर्न सक्नु पर्छ ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: शौचालय नबनाउने ‘समाजसवी’हरुको नाम सार्वजनिक गर
शौचालय नबनाउने ‘समाजसवी’हरुको नाम सार्वजनिक गर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhZNDvpM_ICUw_IIGDT1z7mIUuWbITjNCl0E0f8fCNXaJD01Z_s6IRxNkdFcFCRXtm1XPyzjCa85Qs21sJl7QwDW4R9j2CLS7Rj0OAMgoI_rA5m0ipoXxo-sSEmbENvrnSeIUOI-XNQbsY/s320/14470445_192403564527530_890321494811425838_n.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhZNDvpM_ICUw_IIGDT1z7mIUuWbITjNCl0E0f8fCNXaJD01Z_s6IRxNkdFcFCRXtm1XPyzjCa85Qs21sJl7QwDW4R9j2CLS7Rj0OAMgoI_rA5m0ipoXxo-sSEmbENvrnSeIUOI-XNQbsY/s72-c/14470445_192403564527530_890321494811425838_n.png
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2016/12/blog-post_31.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2016/12/blog-post_31.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy