राजकुमार पासवान कञ्चनपुर , पुष । जिल्ला विकास समिति सप्तरीले गिट्टी,बालुवा उत्खनन तथा संकलन कर दस्तुर उठाउने ठेक्का पुनः विवादित बनेको छ...
कञ्चनपुर , पुष ।
जिल्ला विकास समिति सप्तरीले गिट्टी,बालुवा उत्खनन तथा संकलन कर दस्तुर उठाउने ठेक्का पुनः विवादित बनेको छ । सप्तरीको पौडा र गंगाजली खोला आरक्ष क्षेत्र भित्र पर्ने भएकोले जिविसलाई ठेक्का जिविसले पौडा खोला ठेक्का लगाएपछि अहिले ठेक्केदार मार्कामा परेको छ ।
चालू आर्थिक वर्षका लागि जिविसले १ करोड ७५ लाखमा स्थानीय चाँद कन्स्ट्रक्सनलाई उक्त ठेक्का दिएको छ । तर, ठेक्कामा कबोल गरेको ठाउँबाट ठेक्केदारले बालुवा ,गिट्टी उत्खनन् र संकलन गर्न नपाएपछि लागत नै डुब्ने बताएको छ ।
“जिविसले जुन खोलाबाट गिट्टी,बालुवा उत्खनन तथा संकलन कर दस्तुर उठाउन ठेक्का दियो त्यो आरक्ष र केही भाग वन पर्छ ” चाँद कन्स्ट्रक्सनका मोहम्द सागिर हुसैनले भने जिविसले हामीलाई कित ठेक्का लगाएको खोलाबाट गिट्टी,बालुवा उत्खनन तथा संकलन गर्न वातावरण बनाउनु पर्यो नभए हाम्रो ठेक्काको पैसा फिर्ता गर्नु पर्यो ।”

ठेक्का रकम फिर्ता माग ः चाँद कन्स्ट्रक्सनका मोहम्द सागिर हुसैनले गिट्टी,बालुवा उत्खनन तथा संकलन कर दस्तुर उठाउन ठेक्का लगाएको पौडा,गंगाजली खोलाबाट गिट्टी,बालुवा उत्खनन तथा संकलन गर्न कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा,सुनसरीले रोक लगाएकोले ठेक्का रकम फिर्ता गर्न जिविसमा गत मंसिर २२ गते नै निवेदन दिएको छ ।
जिविसद्धरा जानीजानी झेल ः जिविसले गिट्टी,बालुवा उत्खनन तथा संकलन कर दस्तुर उठाउन ठेक्का ठेक्का लगाउने गोरखापत्रमा सूचना प्रकाशित गरेपछि कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा,सुनसरीले उक्त सूचनाके अधारमा जिविसलाई गत भदौ ५ गते चिठी लेख्दै पौडा तथा गंगाजल िखोला मध्यवर्ती क्षेत्रमा पर्ने हुदाँ ठेक्का नलगाउन सचेत गराएको थियो ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा,सुनसरीका वार्डेन श्याम कुमार साहले भने “हामीले समयमै चिठी लेखेर गंगाजली र पौडा खोला मध्यवर्ती क्षेत्र अन्तगर्त पर्ने हुदाँ हाम्रो क्षेत्राअधिकार भित्र पर्ने खोलाहरु ठेक्का नलगाउन सचेत गराएका थियौ तर जिविसले हाम्रो कुरा वास्ता यो पटक पनि गर्नु भएन ।”
पुनरावेदन अदालतले समेत गत बैशाख ९ गते निषेधाज्ञा मिश्रित परामेदश बमोजिम ठेक्का नलाउन गरेको फैसला विपरीत जिविसले ठेक्का लगाएको वार्डेन साहले दावी गर्नुभयो ।
COMMENTS