राजकुमार पासवान कञ्चनपुर । नगर स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति कञ्चनरुप नगरपालिकाले एक घर एक चर्पी पुर्णरुपमा सफल भएको...
राजकुमार पासवान
कञ्चनपुर ।
नगर स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति कञ्चनरुप नगरपालिकाले एक घर एक चर्पी पुर्णरुपमा सफल भएको भन्दैं शनिवार खुल्ला दिशा मुक्त क्षेत्र प्रमाणिकरण गर्ने भएको छ ।

कञ्चनरुप नगरपालिका नगर स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीको २०७३ पुष १३ गते बसेको बैठकको निर्णयानुसार पुष १६ गते अर्थात ३१ डिसेम्वर २०१६ मा जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्व्य समिति सप्तरी कञ्चनरुप नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र प्रमाणिकरण गर्न अनुरोध गर्ने भनिए पनि नगरपालिका सो्रत अनुसार जिल्ला खानेपानी तथा सरसफाई समितिलाई प्रमाणिकरण गर्ने नभई अनुगमन मात्र गर्ने भएको छ । सो अनुगमन पनि पुष २२ गते पछि मात्र हुने भएको छ ।
नगरमा एक घर एक चर्पी पुर्णरुपमा सफल गर्न सार्वजनिक स्थल नगरका प्रमुख ठाउँ कञ्चनपुर बेरियरमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले ईलाका प्रहरी कार्यालय दक्षिण तर्फ र कञ्चनपुर बजारमा निमार्णधिन शौचालय अहिलेसम्म सञ्चालनमा आएको छैन । कञ्चनपुर बेरियर पुर्व बसस्टेण्डमा पशुपति विकास कोषबाट सञ्चालनमा रहेका शौचालयको सेप्mटी(हौद) भरिएर दुर्धगन्धीत छन् ।ब रमझिया चौक,बलुवा चौक,रुपनगर चौक,सिमरा चौक र मलेठ चौक लगायत विभिन्न सार्वजनिक स्थलमा सार्वजनिक शौचालय छैन ।
विपन्न असहाय,एकल महिलालाई सहयोग
विपन्न असहाय,एकल महिला तथा गरिबलाई शौचालय निमार्ण गर्न कञ्चनरुप नगरपालिका कार्यालयमा कार्यरत सव–ओभरसिरयर रायपुर निवासी रामाराम यादवले आप्mनो बुवा छविलाल यादवको नाममा एक लाख रुपैंया सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नगरपालिकामै कार्यरत अर्का कर्मचारी अशोक कुमार यादवले एक शोचालय बराबर(एक सेट) र कञ्चनरुप न.पा. ११ निवासी दिपक चौधरीले पाँच सेट शौचालय बनाउने सामग्री सहयोग गर्ने ्रतिबद्धता व्यक्त गरेको छ ।
यस अघि साविक कञ्चनपुर गाविसलाई २०६८ साल माघ ५ गते तत्कालिन पुर्व उपराष्ट्रियपति परमानन्द झाद्धारा दिशा मुक्त गाविस घोषणा गरिएको थियो । तर पछि मात्रै थाह भयो कि १२ सय घरधुरीमध्ये करिब ४ सय घरधुरीले शौचालय बनाएका थिएनन् । अहिले फेरी नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अन्तिम तयारीमा महुली सामुदायिक विकास केन्द्र लागि परेका छन ।
नगरपालिकाले सक्ने सबै गरिब,दलितहरुले शौचालय निमार्ण गरि सकेका छन् । विपन्न असहाय,विधवा गरिबलाई शौचालय कसले बनाईदिने नगरपालिकाले कि संस्थाले ? अहिलेसम्म टुङ्गो लागेको छैन । एकातर्फ गरिबहरुले आर्थिक विपत्रताका कारण शौचालय निमार्ण गर्न सकेको छैन भने अर्को तर्फ हुनेखाने र बजार क्षेत्रका घर धनीहरुले अझै यो अभियानलाई सघाउने मानसिकतामा छैन,जुन सरसफाई अर्थात खुल्ला दिशा मुक्त क्षेत्रको आजको सबभन्दा ठूलो चुनौतीको रुपमा सामुन्ने आएको छ ।
महुली सामुदायिक विकास केन्द्र सप्तरीका फोकल पर्सन पुहुपना।ायण चौधरीले प्रमाणिकरण गर्नका लागि क्षेत्रिय खानेपानी तथा सरसफाई स्वच्छता समन्व्य समितिले गर्ने ढिलो भयो । जिल्ला खानेपानीले अनुगमन गर्ने भएको छ ।
COMMENTS