गाईघाट । जिल्ला भूमि अधिकार मञ्च उदयपुरले गाईघाटमा बुधबार मोही तथा गाउँ ब्लक सम्बन्धी सरोकारवाला निकायसंग अन्तक्रिया कार्यक्रम गरे...
गाईघाट । जिल्ला भूमि अधिकार मञ्च उदयपुरले गाईघाटमा बुधबार मोही तथा गाउँ ब्लक सम्बन्धी सरोकारवाला निकायसंग अन्तक्रिया कार्यक्रम गरेका छन् । कार्यक्रममा गाउँब्लक,मोही, ऐलानी जग्गा,उठिबास र बेदखली विषयमा अन्तक्रृया भएको थियो ।
उक्त कार्यक्रममा बिभिन्न गाउँ मञ्चहरुका अगुवाहरु,मोहि,गाउँब्लकबासीहरुकोसहभागि थिए । कार्यक्रममा नयाँ शक्ति पार्टीका सह संयोजक विश्वराज राई, जिल्ला मालपोत कार्यलयका नायव सुब्बा केसव प्रशाद आचार्य, फोरम लोकतान्त्री अध्यक्ष मोहर बक्क अलि र गाउँ मञ्चका अगुवा समिति सदस्यहरुको सहभागिता रहेको थियो ।
मोहिहरुलाई बिना झन्झट सहज र सरल तरिकाबाट मोहि फाँटपाउने र गाउँब्लक जग्गाको लालपुर्जा सहज तरिकाले यथासिघ्र बितरण गरिनु पर्ने, उठिबास बेदखल हुनबाट सुरक्षित होउन् भन्ने उदेश्यले कार्यक्रम गरिएको जिल्ला भूमि अधिकार मञ्च उदयपुरको संयोजक पूmर्तिमान राईले बताए ।
कार्यक्रममा सहभागी मोहिहरुले मालपोत कार्यालयमा मोठ हेर्न जादा हेर्न नदिएको प्रश्नमा मालपोत कार्यलयका नायव सुब्बा केसव प्रशाद आचार्यले मोहिहरुले जुनैबेला आएपनि मोहि बाँडफाटको काममा ढिलाई नगर्ने तर फिल्डबुक हेरेर मात्र काम सुरु गर्दा राम्रो हुने बताए ।
COMMENTS