कंचनरुप नगरपालिका ५ स्थित कंचनपुर हटिया स्थित खानेपानी आयोजना निमार्ण सुरु हुने भएको छ । दुई दशक वितिसक्दा पनि उक्त योजना पुरा हुन नसके...
दुई दशक वितिसक्दा पनि उक्त योजना पुरा हुन नसकेको समाचार कञ्चनरुप साप्ताहिकले केही समय अघि प्रकाशन गरेको थियो ।
खानेपानी आयोजनाको निमार्ण हुन बाँकी रहेको काम अढाई वर्षमा सम्पत्र हुनेगरि श्री रेश्मा निमार्ण सेवा,इटहरी ५९हाल कञ्चनरुप नगरपालिका ५० सप्तरीले ठेक्का पाएको छ ।
आयोजनाको अधुरो काम ओभरहेड पुरा गर्न एक करोड ९ लाख ७४ हजार २ सय ७८ रुपैया २९ पैसा रकममा रेश्मा निमार्ण सेवाले ठेक्का पाएको हो । रेश्मा निमार्ण सेवाका प्रोप्राईटर महम्मद नसारले भने “खानेपानी कार्यालयले ठेक्का स्वीकृत भएको जानकारी गराउँदै मंसिर ३ गते १५ दिन भित्र सम्झौता गर्न आउन पत्राचार गरेको छ । चाडैं सम्झौता गरी काम थाल्छौं । ” म ठेकेदार मात्र होइन स्वयम नगरवासी पनि हो,त्यसैले यो काम पुरा गर्न म पुरा लगनका साथ कामलाई अघि बढाउछु तर तोकिएको समयमा काम सम्पत्र गनृ कञ्चनपुरको खाने पानी आयोजना निमार्ण हुने पक्का कंचनरुप नगरपालिका ५ कंचनपुर हटिया स्थित अधुरो अवस्थामा रहेको खानेपानी आयोजना स्थानीय सरोकारवालाहरुले समेत सहयोग गर्न ु पर्न े महम्द नेसारल बताए ।
गत आर्थिक बर्ष २०७२÷७३ मा कञ्चनपुर स्थित खानेपानी आयोजनाका लागि रु ५० लाख बजेट विनियोजन
गरिएको थियो । तर खानेपानी आयोजना समितिका पदाधिकारीहरु निष्कृय बन्दा एक पैसा पनि खर्च नभई
त्यसै फिर्ता गएको थियो ।
कञ्चनपुरको खानेपानी आयोजनालाई पूरा गर्न २०५९ सालमै टेण्डर गर्दा बिभिन्न कम्पनीले जिम्मेबारी
लिएपनि कसैले पनि तोकिएको समयमा काम सम्पत्र गर्न सकेको थिएन । खानेपानी कार्यालयका एक कर्मचारीका अनुसार काम गर्न सकियो भने अहिले पैसाको अभाव छैन,कञ्चनपुर खानेपानी योजनाको काम अघि बढाउन चाँडै नयाँ व्यवस्थापन समिति निमार्ण गरिनेछ,त्यसको लागि स्थानीयहरुले पनि सहयोग गर्नुपर्छ ।
COMMENTS