कञ्चनपुर । कञ्चनरुप नगरपालिकाको कार्यालय निमार्णका दिइने भनिएको जग्गा सम्बनधमा राजनीतिक दलभित्रैबाट विबाद भएपछि जग्गा पास गर्न फेरी झौल भए...
कञ्चनपुर । कञ्चनरुप नगरपालिकाको कार्यालय निमार्णका दिइने भनिएको जग्गा सम्बनधमा राजनीतिक दलभित्रैबाट विबाद भएपछि जग्गा पास गर्न फेरी झौल भएको छ ।
- गत महिना नगरपालिकाको कार्यालय भवन निमार्णका लागि दिने जग्गा नगरपालिकाका कार्यकारी अधिकृत राम नारायण साहको नेतृत्वमा नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पत्रकार सहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो । र, निरीक्षणपछि तत्काल जग्गा पास गर्ने सहमति बनेको थियो ।
- स्थलगत निरीक्षणपछि नगरपालिकाका कार्यकारी अधिकृत राम नारायण साहको अध्यक्षतामा राजनीतिक दल र जग्गा दाताको सहभागितामा बसेको बैठकले भवन निमार्णका लागि दिने प्रस्तावित जग्गा वार्ड नं.४को कित्ता नम्बर २५३ मध्येबाट बाटो छुने गरि सकभर पूर्वतर्फबाट ७ कट्टा नाप जाँच गरि बाटो सहित सार्वजनीकीकरण गरि रजिष्ट्री गर्न सर्वसहमति निर्णय गरेको थियो । साथै बैठकले उक्त जग्गामा भवन निमार्ण अनिवार्यताका लागि बनाउने कागजको रोहबरमा नगरस्तरीय राजनीतिक दलका चार जना प्रतिनिधि रहने निर्णय गरेको थियो ।
- राजनीतिक दलका चार जना प्रतिनिधिमा नेकपा एमालेका तर्फबाट भुवन बहादुर केसी,मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट कृष्णा प्रसाद साह,राप्रपा नेपालबाट नारायण बहादुर मिश्र र सघीय समाजबादी फोरमबाट रामेश्वर यादब रहेको थियो ।
- कञ्चनपुर बेरियरमा नगरपालिकाको कार्यालय सरेपछि नगरपालिकाले ०७१ साल मंसिरमा कार्यालय भवनको लागि जग्गा उपलब्ध गराइदिन हुन सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाका अधारमा सुदामा साह सुढीको नाममा रहेको साविक कञ्चनपुर ४ को कित्ता नम्बर २५३ मध्येबाट ७ कठा जग्गा दिन इज्छुक रहेको निवेदन निजका छोरा मनमोहन साहले दर्ता गराएको थियो ।
- कञ्चनरुप नगरपालिका कार्यकारी अधिकृत रामनारायण साहका अनुसार मेरो नेतृत्वमा जग्गा निरीक्षण गरेपछि नगरपालिकालाई जग्गा पास गर्ने अधिकार दिइने समेत सहमति भएको थियो । तर पछिल्लो समय राजनीतिक दलबाटै जग्गा पास गर्न सहमति दिदाँ राजनीतिक दलका प्रतिनिधिहरुको बहुमतको उपस्थिती नभएको फेरीदेखी सहमती गर्नु पर्ने अवाज उठेकोले जग्गा पास गर्न गाह«ो भयो ।
- नगर अधिकृत साहका अनुसार दल प्रतिनिधिबाट नै ५÷७ जना दलका मात्र प्रतिनिधिहरुले जग्गा पास गर्न निर्णय गरेकोले नगरपालिकामा प्रतिनिधित्व गरिरेहेका सबै दलको सहमती हुनुपर्ने माँग गरेको बताए । उहाँले नगरपालिकाले चाडैं राजनीतिक दलको बैठक राखेर जग्गाको विषय टुग्याउँने दावी गर्नुभयो ।
COMMENTS