राजकुमार पासवान कञ्चनरुप नगरपालिका ५ कञ्चनपुरका कृषक रघुवर महतो ५ धुर जग्गामा लगाएको च्याउ खेतीबाट मासिक ३० हजार भन्दा बढी फाइदा लिइरहेको ...
राजकुमार पासवान

कञ्चनरुप नगरपालिका ५ कञ्चनपुरका कृषक रघुवर महतो ५ धुर जग्गामा लगाएको च्याउ खेतीबाट मासिक ३० हजार भन्दा बढी फाइदा लिइरहेको छ । मिहिनेत गरे विदेशमा कमाउने भन्दा बढी पैसा स्वदेश मै कमाउन सकिन्छ,भन्ने कुरा रघुवर महतोले प्रमाणित गरेर देखाई दिएका छन् ।
महतोले ५ धुर जग्गामा छाप्रो बनाएर करिब १ लाख रुपैया लगानीमा च्याउ खेती गरिरहको छ । कम लागत र जग्गामा पनि गर्न सकिने च्याउ खेती सुरु गरेको ३० दिनपछि प्रतिफल दिन्छ । कृषक महतोले भने “ अहिले दैनिक ३देखी ५ किलोसम्म च्याउ उत्पादन हुन्छ । उत्पादित च्याउ कञ्चनपुर,बरमझिया,रुपनगर लगायतको बजारमा लगेर बिक्री गर्छौ ।”
एक पटक लगाएपछि ३ महिनासम्म प्रतिफल दिने च्याउ खेतीबाट तीन महिनामा सबै खर्च काटेर पनि एक लाख रुपैया बचत हुने महतोले दाबी गरे । कृषि सेवा केन्द्र कञ्चनपुरको प्राविधिक सहयोगमा २०७२ महतोले कृषि सम्बन्धी तालिम लिएका थिए ।
“सुरुमा त च्याउ हुन्छ कि हुँदैन ? विक्री कहाँ र कसरी गर्ने ? च्याउले बजार भाउ पाउँछ कि पाउदैंन ? भन्ने चिन्ताले सताएको थियो । तर आज व्यापार मैले सोचेको भन्दा पनि राम्रो भईरहेको छ” महतोले भने “ एक देखी ढेड लाखसम्म लगानी गरेर विदेश जानुभन्दा आप्mनै घरमा ५ धुर जग्गामा च्याउ खेती गरेर परिवार पाल्न सकिन्छ ।”
च्याउ स्वास्थ्यको दृष्टिकोणले पनि पौष्टिक तरकारी हो । यसमा विषाधी प्रयोग गरिदैंन । मुटु रोगी,मदुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरुका लागि पनि फाइदाजनक तरकारीको रुपमा च्याउलाई लिइन्छ । “ हाम्रो शरीरलाइृ चाहिने नौं प्रकारको पोष्टिक तत्व च्याउमा पाइन्छ । ” कृषक महतोले भने “च्याउ खाने प्रचलन पुरानै हो तर यसलाई व्यवसायिक रुपमा उत्पादन हाम्रो गाउँ घरमा कम हुन्छ । ” महतोको च्याउ खेती फष्टाएको देखि उनका छर छिमेकी समेत च्याउ खेतीप्रति आकर्षित भएका छन् ।
विगत दुई वर्षदेखी मिश्रित प्याज खेती कृषक समूह मार्फत च्याउ लगायतका कृषि व्यवसायिमा संलग्न महतो पूर्वाञ्चलकै उत्कृष्ट कृषकको सम्मान समेत पाईसक्नु भएको छ । २०७३ बैशाख २५ गते नेपाल कृषि अनुसन्धान परिषद् सिंहदरवार,काठमाडौंबाट रजत महोत्सवका अवसरमा उत्कृष्ठ किसानको सम्मान पाउनु भएको हो । नगद ५ हजार सहित प्रमाण पाएको कृषक महतोले बताउनु भयो ।

COMMENTS